सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

देश र नागरिकको विकास पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

बिहीबार, २४ साउन २०८१, २० : ०९
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल एमाले काठमाडौँ महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम गरी नागरिक जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताए । उनले सुरु भएका परियोजनाहरू टुंग्याउने काम पहिलो प्राथमिकतामा रहेको पनि बताए ।

ओलीलाई एमाले काठमाडौँ महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप