शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कालिकोटका सांसदहरुले राखे सरकासरसँग यस्तो माग

मङ्गलबार, २५ वैशाख २०७५, १२ : ४९
मङ्गलबार, २५ वैशाख २०७५

कालिकोट– कालिकोटका सांसदहरुले हिमाली जिल्लाका लागि पनि ठूला परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  नेकपा माओवादी केन्द्रबाट निर्वाचित कालिकोेटका प्रतिनिधिसभाका सांसद दुर्गाबहादुर राउत र राष्ट्रियसभाका सांसद जीवन बूढाले संघीयताको मर्मअनुसार हिमाली र पहाडी जिल्लामा पनि ठूलो परियोजना सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालको पनि गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार पार्टी संसदीय दलको कार्यालयमा दुवैै सांसदले न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्र्रतिक्रिया दिँदै केन्द्र सरकारले हिमाली जिल्लामा कुनै पनि परियोजना नपार्ने षडयन्त्र गरिरहेको भन्दै आपत्ति समेत जनाएका छन् । प्रतिनिधिसभाका सांसद राउतले संघीयताको मर्म विपरित हुने गरी बजेट आए मान्य नहुने चेतावनी समेत दिए ।

राष्ट्रियसभाका सांसद बूढाले हिमाली जिल्लालाई पनि सम्बोधन हुने गरी बजेट ल्याउन पार्टी अध्यक्ष दाहालसँग जोडदार माग गरिएको बताए । संसदीय दलको बैठकमा दुवै सांसदहरुले संवैधानिक व्यवस्था अनुसार हिमाली जिल्लामा पनि बजेटको आवश्यक व्यवस्था गर्न माग गरेका थिए ।

सरकारले जनसंख्यालाई मूल आधार बनाएर बजेट ल्याउने तयारी गरेको छ । तर कालिकोटका सांसदहरुले भने त्यसो गर्दा आफूहरुको जिल्लामा एउटा पनि ठूला योजना नपर्ने भन्दै आपत्ति जनाएका हुन । उनीहरुले दूर्गम क्षेत्रलाई सुगम बनाउने संघीयताको मर्म अनुसार बजेट तथा नीति कार्यक्रम ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप