बंगलादेशको कुमिल्ला विश्वविद्यालयका उपकुलपतिले दिए राजीनामा
ढाका । बंगलादेशमा विद्यार्थीहरूको देशव्यापी विरोध प्रदर्शन र नयाँ अन्तरिम सरकारले सत्ता सम्हालेपछि एक पछि अर्को गर्दै विश्वविद्यालयका उपकुलपतिहरूले राजीनामा दिइरहेका छन् ।
यसैबिच कुमिल्ला विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. एएफएम अब्दुल मोइनले पनि आइतबार राजीनामा दिएका छन् । मोइनले व्यक्तिगत कारण देखाउँदै आइतबार राजीनामा बुझाएका हुन् ।
‘व्यक्तिगत कारणले मैले आज दिउँसो यो पत्रमार्फत उपकुलपति पदबाट राजीनामा बुझाएको छु,’ विश्वविद्यालयका अध्यक्ष तथा कुलपति शाहबुद्दीनलाई पठाएको राजीनामा पत्रमा उनले लेखेका छन् । आफूले कुमिल्ला विश्वविद्यालयका विद्यार्थी, शिक्षक, अधिकारी, कर्मचारीलगायत सबैको सर्वाङ्गीण विकासको कामना गर्ने पनि पत्रमा उनले भनेका छन् ।
यसअघि आइतबारै बंगलादेशको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रोफेसर काजी साहिदुल्लाहले आइतबार राजीनामा दिएका थिए । ढाका विश्वविद्यालय र शाहजलाल विज्ञान तथा प्रविधि विश्वविद्यालयसहित सात विश्वविद्यालयका उपकुलपतिले भने शनिबार राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण