बङ्गलादेशले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’अनुभव गरिरहेको छ : युनुस
ढाका । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताएका छन् । “यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्ति”, नोबेल पुरस्कार विजेता युनुसले समाचार ब्रिफिङमा भने, “यसमा कुनै सन्देह छैन किनकी सम्पूर्ण सरकारको कामकाज ध्वस्त भएको छ ।”
हसिनालाई सत्ताबाट हटाउने आन्दोलनका विद्यार्थी नेताहरूले लोकतान्त्रिक सुधारहरूलाई अगाडि बढाउन बोलाएपछि युनुस बिहीबार युरोपबाट बङ्गलादेश फर्किएका हुन् । “मैले भनेँ ‘म तपाईंलाई सम्मान गर्दछ, तपाईंको प्रशंसा गर्दछु, तपाईंहरूले जे गर्नुभयो त्यो अद्वितीय छ’”, उनले भने, “किनकि तपाईंहरूले मलाई यस्तो गर्न आदेश दिनुभएको छ, म तपाईंहरूको आदेश ग्रहण गर्दछु ।”
एक साताअघि अप्रत्याशित राजीनामा र भारत पलायनका साथ समाप्त भएको हसिनाको कठोर कार्यकालका धेरै शीर्ष सहयोगीहरूले पछि पद त्याग गरेका थिए । यसमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश र केन्द्रीय बैंकका गभर्नर पनि समावेश छन् । विद्यार्थीहरूले उनीहरूलाई पद छाड्न अल्टिमेटम दिएका थिए ।
युनुसले उनीहरूको राजीनामा कानूनी रूपमा गरिएको बताए । “उनीहरूले यी सबैलाई सही जायज ठहराउने कानूनी बाटो खोज्नेछन् भन्ने मलाई विश्वास छ, किनकि कानूनी रूपमा सबै चरण पालना गरिएको थियो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण