चलचित्र विकास बोर्डकाे अध्यक्षका लागि करिस्माले पनि दिइन् निवेदन
काठमाडौँ । चलचित्र विकास बोर्डको रित्त अध्यक्ष पदका लागि अभिनेत्री करिस्मा मानन्धरले पनि निवेदन दिएकी छिन् । अभिनेत्री मानन्धरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर आफ्नो निवेदन दर्ता गराएकी हुन् ।
मानन्धरले निवेदन दिएसँगै बोर्ड अध्यक्षका लागि अहिलेसम्म तीन जनाको आवेदन परेको छ । यसअघि अध्यक्षका लागि निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी र राष्ट्रिय नाचघरमा पूर्वमहाप्रवन्धक राजेश थापाले निवेदन दर्ता गराएका थिए । निवेदन दिने तीनै जना नेकपा एमाले निकट कलाकर्मी हुन् ।
गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि गत साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । आवेदन दिने मिति बुधबारसम्म रहेको छ ।
आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण