एसिडी सम्मेलनमा सहभागी हुन कतारका राजाले दिए प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
मङ्गलबार, २९ साउन २०८१, २१ : २५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ ।
प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन् । उक्त एसिडी मञ्चमा नेपालसहित ३५ मुलुक आबद्ध छन् । उक्त मञ्चको १९ औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो ।
सो अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको थियो । छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालिमको अभ्यासमा रुसले गरेको आक्रमणमा मारिए ६ युक्रेनी सेना
-
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात
-
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
-
सरकारले सुकुम्बासीप्रति अमानवीय व्यवहार गरेको साहको आरोप
-
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
-
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत