आज यी नदीहरूमा बाढीको सम्भावना ?
काठमाडौँ । बुधबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी नदीको सहायक अरुण नदीमा बहाव सतर्कता तह भन्दा तलै भए पनि बढ्दो अवस्थामा रहेको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, भोजपुर, धनकुटा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, उदयपुर, मकवानपुर, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, गुल्मी, पाल्पा, प्युठान, दाङ, बाग्लुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, अछाम, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।
भोलि कोशी, बागमती, मधेस र गण्डकी प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण