बार्सिलोना छाडेर बर्नली पुगे ब्राजिलियन स्टार रोनाल्डिन्होका छोरा मेन्डेस

काठमाडौँ । आफ्नो समयका चर्चित ब्राजिलियन फुटबलर रोनाल्डिन्होका छोरा जोआओ मेन्डेसले स्पेनिस क्लब बार्सिलोना छाडेका छन् । १९ वर्षीय विंगर मेन्डेस सन् २०२३ मा बार्सिलोनामा आबद्ध भएका थिए ।
स्पेनिस ‘पावर हाउस’ बार्सिलोना छाडेर उनी इङ्लिस क्लब बर्नली पुगेको समाचारमा जनाइएको छ । च्याम्पियनसिप क्लब बर्नलीसँग सम्झौता गर्न उनी यसै साता इङ्गल्यान्ड पुगेका थिए । उनले बर्नलीको जर्सीसहित तस्बिर पनि सार्वजनिक गरेका छन् ।
बार्सिलोनामा उनी यू–१९ टोलीका सदस्य थिए । बार्सिलोनामा आबद्ध हुनुअघि उनले ब्राजिलियन क्लब क्रुजिरोको युवा एकेडेमीमा चार वर्ष बिताएका थिए । उनले हालसम्म सिनियर टोलीबाट भने ब्यवसायिक फुटबल खेलेका छैनन् ।
मेन्डेसका पिता रोनाल्डिन्हो आफ्नो समयका चर्चित आक्रामक मिडफिल्डर थिए । उनले सन् २००३ देखि सन् २००८ सम्म बार्सिलोनाबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इटालियन क्लब एसी मिलानलगायतका क्लबबाट पनि खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता