बार्सिलोना छाडेर बर्नली पुगे ब्राजिलियन स्टार रोनाल्डिन्होका छोरा मेन्डेस
काठमाडौँ । आफ्नो समयका चर्चित ब्राजिलियन फुटबलर रोनाल्डिन्होका छोरा जोआओ मेन्डेसले स्पेनिस क्लब बार्सिलोना छाडेका छन् । १९ वर्षीय विंगर मेन्डेस सन् २०२३ मा बार्सिलोनामा आबद्ध भएका थिए ।
स्पेनिस ‘पावर हाउस’ बार्सिलोना छाडेर उनी इङ्लिस क्लब बर्नली पुगेको समाचारमा जनाइएको छ । च्याम्पियनसिप क्लब बर्नलीसँग सम्झौता गर्न उनी यसै साता इङ्गल्यान्ड पुगेका थिए । उनले बर्नलीको जर्सीसहित तस्बिर पनि सार्वजनिक गरेका छन् ।
बार्सिलोनामा उनी यू–१९ टोलीका सदस्य थिए । बार्सिलोनामा आबद्ध हुनुअघि उनले ब्राजिलियन क्लब क्रुजिरोको युवा एकेडेमीमा चार वर्ष बिताएका थिए । उनले हालसम्म सिनियर टोलीबाट भने ब्यवसायिक फुटबल खेलेका छैनन् ।
मेन्डेसका पिता रोनाल्डिन्हो आफ्नो समयका चर्चित आक्रामक मिडफिल्डर थिए । उनले सन् २००३ देखि सन् २००८ सम्म बार्सिलोनाबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इटालियन क्लब एसी मिलानलगायतका क्लबबाट पनि खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण