इजरायलले युद्ध विरामको प्रस्ताव स्विकार्यो, हमासलाई पनि स्वीकार गर्न अमेरिकाको आग्रह
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायली प्रधानमन्त्री नेतन्याहुले गाजामा युद्ध विरामसम्बन्धी प्रस्ताव स्वीकारेको बताएका हुन् ।
गाजामा युद्ध विरामको सम्झौतामा अवरोध बनेका विषयमा समाधान गर्न अमेरिकाले पेस गरेको प्रस्तावलाई इजरायलले स्वीकारे गरेको ब्लिङ्केन जनाएका छन् । हमासलाई पनि प्रस्ताव स्वीकार गर्न अमेरिकाले आग्रह गरेको छ ।
एक दिनभरि इजरायली अधिकारीहरूसँग छलफल र वार्तापछि ब्लिङ्केनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा इजरायल जस्तै प्रस्ताव स्वीकार गर्न हमाससँग अनुरोध गरे ।
त्यतिबेला ब्लिङ्केनले नेतन्याहुसँग पनि अढाई घण्टा जति भेटवार्ता पनि गरेका थिए । यो प्रस्ताव अहिलेसम्मकै उत्कृष्ट भएको र सम्झौताका लागि यो अन्तिम अवसर हुन सक्ने ब्लिङ्केनले बताएका छन् ।
गएको हप्ता कतारमा युद्ध विराम र बन्दीहरूलाई रिहा गर्नेबारे भएको वार्ता निस्कर्षवीहीन सकिएको थियो । तर इजरायल र हमासबिचको मतभेद पुर्ने अमेरिकी प्रस्तावका आधारमा यो हप्ता वार्ता सुचारु हुने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण