रोनाल्डोसँग सम्बन्ध बिग्रिएपछि अल नासर छाड्न चाहन्छन् साडियो माने

काठमाडौँ । सेनेगलका चर्चित स्ट्राइकर साडियो मानेले साउदी व्यावसायिक लिग क्लब अल नासर छाड्ने भएका छन् । क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगको मतभेदका कारण ३२ वर्षीय मानेले अल नासर छाडन लागेको समाचारमा जनाइएको छ ।
पछिल्लो समय पोर्चुगिज स्टार रोनाल्डो र मानेबिचको सम्बन्ध सुमधुर नरहेको बताइएको छ । सम्बन्ध थप बिग्रँदै गएपछि मानेले क्लब छाडने निर्णय लिएको समाचारमा उल्लेख छ । माने सन् २०२३ मा जर्मन क्लब बायर्न म्युनिखबाट अल नासरमा आबद्ध भएका थिए ।
३२ वर्षीय मानेले अघिल्लो सिजन अल नासरका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले क्लबका लागि विभिन्न प्रतियोगितामा ५० खेल खेल्दै १९ गोल गरेका थिए । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे पनि अल नासरले पछिल्लो समय लिगसहित महत्त्वपूर्ण उपाधि जित्न सकेको छैन ।
रोनाल्डो र मानेबिच कुन विषयलाई लिएर असहमति बढको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । केही सञ्चारमाध्यमले आफू मैदानमा रोनाल्डोको छायामा परेको अनुभव मानेले गरेका छन् । मानेले ६ वर्ष इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट पनि खेलेका थिए ।
अल नासर छाडेर माने कुन क्लबमा जान्छन् भन्ने विषयमा पनि केही खुलाइएको छैन । तर, उनले साउदी अरेबियाकै अर्को क्लब अल इत्तिहादसँग छलफल गरिरहेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्