रोनाल्डोसँग सम्बन्ध बिग्रिएपछि अल नासर छाड्न चाहन्छन् साडियो माने
काठमाडौँ । सेनेगलका चर्चित स्ट्राइकर साडियो मानेले साउदी व्यावसायिक लिग क्लब अल नासर छाड्ने भएका छन् । क्लबका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगको मतभेदका कारण ३२ वर्षीय मानेले अल नासर छाडन लागेको समाचारमा जनाइएको छ ।
पछिल्लो समय पोर्चुगिज स्टार रोनाल्डो र मानेबिचको सम्बन्ध सुमधुर नरहेको बताइएको छ । सम्बन्ध थप बिग्रँदै गएपछि मानेले क्लब छाडने निर्णय लिएको समाचारमा उल्लेख छ । माने सन् २०२३ मा जर्मन क्लब बायर्न म्युनिखबाट अल नासरमा आबद्ध भएका थिए ।
३२ वर्षीय मानेले अघिल्लो सिजन अल नासरका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले क्लबका लागि विभिन्न प्रतियोगितामा ५० खेल खेल्दै १९ गोल गरेका थिए । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे पनि अल नासरले पछिल्लो समय लिगसहित महत्त्वपूर्ण उपाधि जित्न सकेको छैन ।
रोनाल्डो र मानेबिच कुन विषयलाई लिएर असहमति बढको हो भन्ने विषयमा भने केही खुलाइएको छैन । केही सञ्चारमाध्यमले आफू मैदानमा रोनाल्डोको छायामा परेको अनुभव मानेले गरेका छन् । मानेले ६ वर्ष इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट पनि खेलेका थिए ।
अल नासर छाडेर माने कुन क्लबमा जान्छन् भन्ने विषयमा पनि केही खुलाइएको छैन । तर, उनले साउदी अरेबियाकै अर्को क्लब अल इत्तिहादसँग छलफल गरिरहेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण