त्रिविका पदाधिकारीहरूलाई धम्की दिनेमाथि कडा कारबाही गर्न अखिल क्रान्तिकारीको माग
काठमाडौँ । नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई धम्की दिनेमाथि कारबाही गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सीटीईभीटी विशेष समिति संयोजक डिबि शाहीले प्रेस वक्तव्य जारी गर्दै आक्रमण गर्नेहरू र धम्की दिनेहरूमाथि कारबाही गर्न माग गरेका हुन् ।
सत्तारूढ विद्यार्थी सङ्गठनले विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई दिएको धम्की र ती विद्यार्थी सङ्गठनद्वारा विश्वविद्यालयमा गरिँदै आएको गुण्डागर्दीका कारण विश्वविद्यालयका पदाधिकारी विश्वविद्यालय प्रवेश गर्न नसक्नु निकै लज्जास्पद विषय भएको जनाए ।
सत्तारूढ दलहरूले पैसा र सत्ताको बलमा विश्वविद्यालयमा भइरहेको शैक्षिक आतंक, गुण्डागर्दी, प्राध्यापकमाथि गरिने आतंककारी हमलालगायत बन्द गरी प्राध्यापकमाथि आक्रमण गर्ने र आक्रमणको धम्की दिनेलाई कडा कारबाही गर्न जोडदार माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण