सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको प्रश्न : ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन ?

आइतबार, ०९ भदौ २०८१, २३ : ०६
आइतबार, ०९ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्रीले बक्यौता उठाउनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको बताउँदै तर यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भनेर प्रश्न समेत गरेका छन् ।

उनले  रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताउँदै ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्ने बताएका छन् ।  

यस्तो छ प्रधानमन्त्री ओलीको स्टाटस्-

६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ !

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो ।

उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप