‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ स्थापना
काठमाडौँ । हङकङ साहित्यिक साझा शृङ्खलाले नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ स्थापना गरेको छ ।
हङकङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एक जना स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहने हङकङ साहित्यिक साझा शृङ्खलाका संयोजक रमन गुरुङले जानकारी दिएका हुन् ।
संरक्षक दाजु गुरुङले ‘हङकङ साहित्यिक साझा शृङ्खला’ पुरस्कारका लागि एक अक्षयकोष स्थापना गरिएको बताए । उनले भने, “अक्षय कोषबाट प्राप्त हुने ब्याजबापतको रकमबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको छ र पुरस्कार यसै वर्षदेखि सुरु गरिने छ ।”
सन् २०१२ मा हङकङमा स्थापना भएको हङकङ साहित्यिक साझा शृङ्खलाले नियमित रूपमा मासिक साहित्य शृङ्खला सञ्चालन गर्दै आएको छ भने ‘शृङ्खला’ नामक साहित्यिक सँगालोसमेत प्रकाशन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण