गिरिराजमणि पोखरेललाई प्रश्न : परामर्श बैठकमा कस्ता सुझाव आएका छन् ?
काठमाडौँ । केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रले सबै प्रदेश, केन्द्रीय निकाय र जवस/मोर्चामा कार्यरत केन्द्रीय सदस्यहरू र पदाधिकारीसँग परामर्श जारी राखेको छ ।
साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक दस्ताबेज बनाउन केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबिच संयुक्त परामर्श बैठक राख्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्णयअनुसार भदौ ५ गतेदेखि बैठक सुरु भएको हो ।
अहिलेसम्म बागमती प्रदेश, उपत्यका विशेष, प्रदेश समन्वय र गण्डकी प्रदेशको बैठक सकिसकेको छ । बुधबार र बिहीबार सुदूरपश्चिममा बैठक राखेको छ ।
बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको अन्तर्विरोध हल गरी सुशासन, सामाजिक न्याय र समृद्धिजस्ता जनपक्षीय एजेण्डा लिएर जनतामा जानुपर्ने सुझाव दिएका छन् । आठौँ महाधिवेशनले तय गरेको समाजवादी कार्यदिशालाई कार्यान्वयन गर्न विचारको विकाससहित मजबुत संगठन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै पार्टीभित्रको अन्तर्विरोध हल गरी सरकारविरूद्ध सदन र सडकबाट सशक्त प्रतिकार गर्न जनपरिचालनको कार्यक्रम ल्याउनुपर्नेमा सुझाव आएको नेताहरूले बताएका छन् । परामर्श बैठक सञ्चालनका लागि धनगढी पुगेका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यान दिएर समाजवादी कार्यक्रम सोही बमोजिम संगठन निर्माणमा लाग्न सुझाव आएको रातोपाटीलाई बताए ।
‘अहिलेसम्म सहभागीहरूले नेपालको राष्ट्रिय परिस्थिति, विश्वको अवस्था, एसियाको अवस्था हेर्दै अहिलेको राष्ट्रिय परिस्थितिलाई ध्यान दिएर प्राप्त उपलब्धिको रक्षा गर्ने र जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्नुपर्ने सुझाव आएका छन् । साथै संविधानको रक्षा, कार्यान्वयन, भ्रष्टाचारविरोधी अभियानमा ध्यान दिनुपर्छ । युवा पुस्तालाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउनुपर्छ भन्ने सल्लाह सुझाव आएका छन्’, उनले भने ।
समाजवाद उन्मुख समाज भनेर संविधानले नै उल्लेख भइसकेको र आठौँ महाधिवेशनले पनि समाजवादी कार्यदिशा अँगालेकाले त्यसलाई ठोस मूर्तरूप दिने गरी आगामी केन्द्रीय समिति बैठकले कार्यक्रम बनाउने उनले बताए ।
यी सबै काम गर्न संगठनलाई चुस्तदुरुस्त र व्यवस्थित बनाएर लैजानुपर्छ भन्ने सुझाव आएको पोखरेलले जिकिर गरे । पार्टीको विस्तृत योजना बनाउन माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण