यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य तय
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य तय गरेको छ। असोज २ गते मनाउन लागिएको शिक्षा दिवसका लागि मन्त्रालयले आदर्श वाक्य तय गरेको हो । यो वर्षको लागि ज्ञान, विज्ञान, सीप, उद्यम, मौलिकता, साझेदारी र प्रणालीगत समकक्षता भन्ने वाक्य तय गरिएको हो ।
शिक्षा दिवस मुल समारोह समितिको बैठकमा मन्त्रालयका पदाधिकारीले आदर्श वाक्यबारे सदस्यहरुसँग सुझाव मागेका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई शिक्षा दिवस मनाउदै आएको छ । गत वर्षदेखि शिक्षा दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।
शिक्षा दिवस मनाउन एक सय ३० सदस्यीय मुल समारोह समिति गठन गरेको छ । मन्त्रालयले दिवस सफल पार्न कार्यक्रम समन्वय समिति, राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन, शैक्षिक स्मारिका प्रकाशन, सांस्कृतिक कार्यक्रम, प्रचार प्रसार उपसमिति गठन गरेको छ ।
मुल समारोह समितिले सहसचिव डा।कमल पोखरेलको संयोजकत्वमा रहेको उपसमितिलाई आदर्श वाक्य टुङ्ग्याउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण