मुना पाण्डे हत्या प्रकरणमा अमेरिकामा एक व्यक्ति पक्राउ
बिहीबार, १३ भदौ २०८१, १२ : ४५
ह्यूष्टन । अमेरिकाको ह्युष्टन प्रहरी विभागले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा एक पुरुषलाई पक्राउ गरेको छ । अधिकारीहरू यस मामिलाका सन्दिग्धको सर्भिलेन्स क्यामेराले खिचेका तस्बिर जारी गरेका थिए । तर बुधबार पक्राउ परेका व्यक्ति त्यही व्यक्ति हुन् कि होइनन् भन्ने चाहिँ स्पष्ट छैन ।

दुई दिन अघि दक्षिण पश्चिम ह्युष्टनको अपार्टमेन्टमा मुना मृत भेटिएकी थिइन् । उनीमाथि गोली प्रहार भएको थियो । सोही अपार्टमेन्टबाट बाहिरिइरहेको अवस्थामा ती पुरुषको तस्बिर सर्भिलेन्स क्यामरामा कैद भएको थियो ।
ती पुरुषको पहिचान खुल्न सकेको छैन । मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । मुना नर्सिङ पढिरहेकी थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण