थापागाउँमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
बिहीबार, १३ भदौ २०८१, १३ : ५०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापागाउँस्थित अर्पण बैंकेटमा सो पार्टीको प्रथम केन्द्रीय कमिटीकाे पूर्ण बैठक सुरु भएको हो ।
बैठकमा नेताहरूको कार्य विभाजन र भावी कार्ययोजना तय गर्ने बताइएको छ । बिहीबारको बैठक भदौ ९ देखि जारी केन्द्रीय समिति बैठकको निरन्तरता भएको बताइएको छ ।
गत असारमा १०औँ महाधिवेशन गरेको एकीकृत समाजवादीले ३४४ जना केन्द्रीय सदस्यहरूमध्येबाट १७ जना पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य छनोट गरेको थियो । बैठकमा पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको औपचारिक घोषणा हुनेछ ।
आगामी कार्ययोजनामा प्रदेश र जिल्ला अधिवेशनसहित नेताहरूको कार्य विभाजन समेत गर्ने सो पार्टीका नेताहरूले बताएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण