अमेरिका र भारतसँग त्रसित प्रधानमन्त्री ओली, भने— अराजक गतिविधि बढे, जनताको साथ लिनुको विकल्प छैन
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र आफ्नो नेतृत्वको सरकारविरुद्ध अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी भारत र अमेरिकाले चलखेल र घेराबन्दी गर्दै गतिविधि बढाएकाले सर्तक हुनुपर्ने बताएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै उनले नेपालमा पनि उनीहरुले विभिन्न माध्यममार्फत अराजकता बढाउने किसिमका गतिविधि गर्नसक्ने भन्दै सचेत रहनुपर्ने बताएका हुन् ।
‘संसारभर नै उनीहरू (अमेरिका र भारत)को बोलवाला छ । नेपालमा पनि चलखेल गर्ने र अराजकता मच्चाउने प्रयास भइरहेको छ’, ओलीको भनाइ उधृत गर्दै एक पदाधिकारीले भने, ‘उनीहरूको तरिका पहिला नेतृत्वलाई खुइल्याउने अनि पार्टी र आन्दोलनमाथि आक्रमण नै गर्ने हो । त्यसअन्तर्गत नेपालमा वितण्डा मच्चाउने पक्षमा छन् ।’
ओलीले सोही कारण नेपालमा अराजकता बढेको निष्कर्ष सुनाउँदै जनतामा भर परेर जनपरिचालन गर्नुको विकल्प नभएको पनि सुनाएका छन् । कांग्रेससहित झण्डै दुई तिहाइ सांसदको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले कुनै सूचना पाएर नै सचिवालय बैठकमा यस्तो विश्लेषण गरेको ती पदाधिकारीको भनाइ छ । बैठकमा माओवादीप्रति खासै टिप्पणी नगरेका ओलीले देश भित्रका शक्ति भन्दा पनि बाहिरी शक्ति चुनौतीका रूपमा रहेकाले जनतालाई साथ लिएर सोही अनुसार अघि बढ्न पार्टीले रणनीति तय गर्नुपर्नेमा जोड दिएका थिए ।
जानकारहरूका अनुसार ओली प्रधानमन्त्री बनेकोमा भारत र अमेरिका दुवै खुसी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण