बबरमहलको आयुर्वेद चिकित्सा केन्द्रबाट ७२० जनाले लिए निःशुल्क औषधि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । बबरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ ।
आरोग्य जीवन स्वर्णिम योजनाका फोकल पर्सन तथा वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरूप केन्द्र स्थापना गरिएको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा सेवा विस्तार गर्ने योजना रहेको बताए ।
केन्द्रका वैद्य निरीक्षक मञ्जुश्री ठाकुरले नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि निःशुल्क वितरण गर्न २३ प्रकारका आयुर्वेद औषधी तोकेको जानकारी दिए । यसमध्ये केन्द्रबाट २० प्रकारका औषधी वितरण गर्ने गरिएको उनले बताए ।
‘साउन महिनाभरिमा ७२० जनाले निःशुल्क औषधी लिए,’ ठाकुरले भने, ‘सबैभन्दा धेरै ग्यास्ट्रिकका लागि औषधी माग हुने गरेको छ । यसपछि पिनास र बाथ रोगका बिरामी धेरै आउँछन् ।’ केन्द्रमा ठाकुरसँगै वरिष्ठ वैद्य पार्वती रावल कार्यरत छन् । ‘यहाँ आएर परामर्श गरेको, औषधी लिएको कुनै पनि शुल्क लाग्दैन,’ राउलले भनिन् ‘आयुर्वेद पूर्वकर्म सेवा सञ्चालन गर्ने तयारीमा छौँ ।’
पूर्वकर्म, निःशुल्क औषधी वितरणसहित केन्द्रबाट आयुर्वेद चिकित्सकसहितको नियमित ओपिडी सेवा, अकुपङ्चर सेवा, योग परामर्शसहित आरोग्य जीवनसँग सम्बन्धित परामर्श र स्वास्थ्य प्रवर्धन सेवा वितरण गर्ने तयारी रहेको महानगरले जनाएको छ ।
आधारभूत स्वास्थ्य सेवामा नागरिकको निःशुल्क पहुँचलाई नेपालको संविधानको मौलिक हकमा सुनिश्चित गरिएको छ । यसमा आयुर्वेद र वैकल्पिक चिकित्सा सेवा पनि पर्दछ । महानगरपालिकाले गुणस्तरीय निःशुल्क वैकल्पिक चिकित्साको प्रवर्धन गर्ने नीति लिएको महानगरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
-
५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !
-
चल्दा चल्दैको फोन किन हुन्छ ह्याङ ?
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण