बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह

बिहीबार, ११ असार २०८३, ११ : २८
बिहीबार, ११ असार २०८३

वासिङ्टन डीसी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीहरू विरुद्धको कडा कदमको बिचमा अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) हिरासतमा मृत्यु वरण गर्ने व्यक्तिको सङ्ख्या एक दशककै उच्च स्तरमा पुगेको जनाइएको छ ।

सन् २०२५ जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि आईसीई हिरासतमा कम्तिमा ५२ जनाको मृत्यु भएको “ह्युमन राइट्स वाच” र “फिजिसियन्स फर ह्युमन राइट्स“ को संयुक्त प्रतिवेदनले पुष्टि गरेको छ ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अवैध आप्रवासन नीतिलाई उच्च प्राथमिकता दिएसँगै अमेरिकि अधिकारीहरूले हजारौं मानिसहरूलाई हिरासतमा लिएको जनाइएको छ । सन् २०२५ जनवरी देखि सन् २०२६ को जनवरी सम्म, आईसीई हिरासतमा वार्षिक मृत्यु दर एक वर्ष अघिको तुलनामा १४० प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ ।

मृत्युदर ट्रम्पका पूर्ववर्ती जो बाइडेनको शासनकालमा भन्दा लगभग चार गुणा र सन् २०१७ देखि २०२१ सम्म रिपब्लिकनको पहिलो कार्यकालको तुलनामा दुई गुणा बढी रहेको प्रतिवेदनले जनाएको छ ।

हिरासतमा मृत्युदर उच्च स्थरमा बढेको प्रतिवेदनको सह–लेखक एचआरडब्लु अनुसन्धानकर्ता रेगन विलियम्सलाई उदृत गर्दै एएफपीले जनाएको छ । हिरासतमा रहेका एक जना व्यक्तिलाई नजरबन्दमा स्ट्रोक भएको भए पनि उपयुक्त औषधि उपचार नगरिएको विषयलाई प्रतिवेदनमा साभार गरिएको छ ।

यसै गरी अर्को उदाहरणका लागि एक जना मेक्सिकनको हृदयघात पछि आवाश्यक उपचारको अभावमा मृत्यु भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा आप्रवासन हिरासत केन्द्रहरू बढ्दै जाँदा, चिकित्सा सेवामा कमि आएको जनाइएको छ ।

हार्वर्ड मेडिकल स्कुलकी बालरोगकी सहायक प्राध्यापक र प्रतिवेदनकी सह–लेखिका क्याथरिन पिलरले आईसीई बन्दीहरूलाई सुरक्षा दिन अमेरिकी सरकार असफल भएको बताउनुभएको छ ।

प्रतिवेदनले आईसीई हिरासतमा आत्महत्या गर्ने मानिसहरूको ठूलो संख्यालाई पनि प्रकाश पार्दै सन् २०२५ जनवरी देखि सनु २०२६ जनवरीसम्म सात जनाको मृत्यु भएको जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप