तेलंगाना र आन्ध्र प्रदेशमा भारी वर्षा, ९ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै क्षेत्रमा बाढी आएको छ ।
रेल र बस सेवा प्रभावित भएका छन् । दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर राहत शिविरमा लगिएको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका २६ टोली खटाइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र तेलंगानाका मुख्यमन्त्री रेभान्थ रेड्डीसँग कुरा गर्दै उनीहरूलाई केन्द्रबाट सबै सम्भव सहयोग गर्ने आश्वासन दिएका छन्। तेलंगानाका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले धेरै सावधानी अपनाए पनि तेलंगानामा ९ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
तेलंगानाको महबुबाद र खम्मन जिल्लामा बाढीमा कम्तीमा तीन जना डुबेको आशङ्का गरिएको छ । मुख्यमन्त्री रेवन्त रेड्डीले आपतकालीन बैठक बोलाएका छन्। तेलंगाना र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा आज पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण