बालेन लक्षित ओली टिप्पणी– यत्रो पार्टी छ, फेसबुकमा कसले के लेख्छ भनेर चिन्ता गर्नुपर्दैन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा कसले के लेख्छ भनेर चिन्ता गरेर बस्नुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार एमाले पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लक्षित यस्तो टिप्पणी गरेका हुन् ।
बैठकमा ओलीले मेयर बालेनको नाम नलिएर एमालेको ठुला संगठन र पार्टी रहेको उल्लेख गर्दै फेसबुकमा कसले के लेख्छ भनेर चिन्ता गर्नु नपर्ने बताएको एक नेताले बताए । ती नेताले भने, ‘उहाँले बालेनको नाम भने लिनुभएन । यत्रो संगठन छ । यत्रो पार्टी छ । फेसबुकमा कसले के लेख्छ भनेर चिन्ता गरेर बस्नुपर्ने अवस्था छैन भन्नुभयो ।’
मेयर बालेन र एमाले नेता कार्यकर्ताबिचको फेसबुक वार चलिरहेका बेला बालेन समर्थकले ओलीको ‘फेसबुक’ पेजलाई लगातार ‘अनफलो’ गरिरहेका छन् । मंगलबार बेलुकादेखि बालेन समर्थकले प्रधानमन्त्रीलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेका थिए ।
आइतबार साँझ मेयर बालेनले एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस राखेपछि बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक वार सुरु भएको थियो । बालेनको उक्त स्ट्याटस मंगलबार फेसबुक पेजबाट हटेको थियो ।
त्यसपछि मेयर बालेनले आफ्नो स्ट्याटस हटाइएको दाबीसहितको मंगलबार अर्को पोस्ट गरेका थिए । त्यसलगत्तै बालेनका समर्थहरूले ओलीलाई ‘अनफलो’ गर्न अभियान नै चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण