इन्दिरा आईभीएफ नेपालले पायो क्यूएआईको मान्यता
काठमाडौँ । इन्दिरा आईभीएफ नेपाल असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (ART) सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (QAI) बाट मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ। यो उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाहरूप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने आईभीएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्ने आईभीएफले जनाएको छ ।
यस उपलब्धिका बारेमा टिप्पणी गर्दै इन्दिरा आईभीएफ नेपालकि केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा होमागाईँले भनिन्, “इन्दिरा आईभीएफ नेपालमा हामीले सधैं निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौं। हाम्रो ढोकाबाट प्रवेश गर्ने हरेक बिरामीले आफ्नो विशिष्ट आवश्यकता अनुरूप टप-नच केयरको अपेक्षा गर्न सक्छन्। बढ्दो जवाफदेहिता र विकसित नीतिहरूसँगै नेपालमा प्रजनन उपचारमा महत्त्वपूर्ण परिवर्तनहरू भइरहेका छन्। QAI को कठोर मापदण्डहरू पूरा गर्ने हाम्रो प्रयासले हामीलाई हाम्रा बिरामीहरूलाई इथिकल र पेसेन्ट-फर्स्ट शैलीमा उपचार गर्न सक्नेगरी सशक्त बनाएको छ।”
क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युट (QAI) का प्रमुख कार्यकारी अधिकृत डा. बीके राणाले भने, “भारतको प्रख्यात र सबैभन्दा ठूलो आईभीएफ हस्पिटल चेन इन्दिरा आईभीएफले भर्खरै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ र अहिले यो नयाँ केन्द्र नेपालकै पहिलो IVF/ART केन्द्र भएको छ। QAI द्वारा प्राप्त यस मान्यताले उत्कृष्ट प्रजनन उपचारको लागि आफ्नो प्रतिबद्धता स्थापित गर्न अग्रसर इन्दिरा आईभीएफको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हो।''
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
-
५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !
-
चल्दा चल्दैको फोन किन हुन्छ ह्याङ ?
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण