डेंगुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । कूल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।
यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेसमा १२८ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए जवाफ
-
विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान
-
ग्रिन लाइनका सञ्चालक अमित अग्रवालले कसलाई तिर्नुपर्ने थियो डेढ करोड ?
-
उमागौरी सहकारी ठगी प्रकरण : ऋषिकेश पत्नी जोडिएको मुद्दाको पेशी स्थगित
-
कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा
-
न्युजिल्यान्डमा अझै पनि मानिसभन्दा भेडा बढी