गोराखानी गाउँ चिनाउन बन्यो गीत ‘हाम्रो गोराखानी गाउँ’

काठमाडौँ । पछिल्लो समय गीतसङ्गीत माया, प्रेमका अलावा धार्मिक, ऐतिहासिक र विभिन्न पर्यटकीय क्षेत्रको विषयमा पनि बन्न थालेको छ । यस्तैमा सोलुको दुधकुण्ड नगरपालिकाको वडा नं ९ मा पर्ने गोराखानी गाउँको पर्यटकीय क्षेत्र पिके पिक, ग्युरर्मी छोइलिङ गुम्बा, दुधपोखरी, बौद्ध, गुम्बा, माहादेवी, सेतीभुमी जस्ता पुरातात्त्विक हिसावले महत्त्व बोकेको धार्मिक तथा पर्यटकीय समेटिएको गीत ‘हाम्रो गोराखानी गाउँ, राम्रो गोराखानी गाउँ’ सार्वजनिक भएको छ ।
पासाङ तामाङको परिकल्पना शंकर अधिकारी घायलको शब्द र सरोज प्याकुरेलको सङ्गीत रहेको गीतमा गायिका रिता केसी र गायक सञ्जय तोम्रुकको स्वर छ ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा स्थानीय कला संस्कृति, भेसभुसा, गाउँघर, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटिएको छ ।
जैदुङ्, लाप्चा, सिसाखोला, डाडाखर्क, फेदी, दिम्सेत, गोरा, छेवार, धारापानी, पिके, दुधपोखरी जस्ता सुन्दर स्थानको मा छायाङ्कन भएको गीतको भिडियोमा पासाङ तामाङ र सुस्मिता तामाङको अभिनय छ ।
रेशम दर्लामीको छायाङ्कन र विश्वराम खड्का र अर्जुन खड्काको सम्पादन रहेको भिडियोलाई रत्न काजी जोशीले निर्देशन गरेका हुन् । निर्देशक जोशीले थुप्रै म्युजिक भिडियो तथा सिरियलको निर्देशन गरिसकेका छन् । भिडियोलाई ब्रम्हायणी डिजिटल मिडियाले निर्माण गरेको हो । गीत तथा भिडियो निर्माणमा दुधकुण्ड नगरपालिका वडा नं ९का वडा अध्यक्ष श्री धनराज तामाङको विशेष सहयोग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?
-
वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार
-
१५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलालीलाई