काठमाडौँ महानगरद्वारा १२ सयभन्दा बढी विपन्न नागरिकको उपचारका लागि सिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वर्षमा १२ सयभन्दा बढी विपन्न नागरिकको उपचारका लागि सिफारिस गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा महानगरले १ हजार २५० जना विपन्न नागरिकको उपचारका लागि सिफारिस गरेको हो ।
यस्तै, महानगरले गत वर्ष १ लाख २५ हजार २०६ जनालाई परिवार नियोजन, नियमित खोप, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन जस्ता सेवा प्रदान गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षामार्फत जनाएको छ ।
महानगरका अनुसार २ हजार ९१० जनालाई पूर्ण खोप प्रदान गरिएको छ । यस्तै, ४ हजार ४६६ जनाको पोषण लेखाजोखा गरिएको उल्लेख छ । यस्तै, ८५४ जना क्षयरोग लागेका विरामीलाई डट्स विधिबाट औषधी प्रदान गरिनुका साथै ६ हजार ६२४ जनाको एचपिभी डिएनए प्रविधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । यस्तै, १ हजार ४३३ जनालाई निःशुल्क रगत तथा रक्त तत्त्व उपलब्ध समेत गराएको छ ।
यस्तै, ५ हजार ५ सय कुकुर बिरालाको बन्ध्याकरण गरिएको छ भने १६ हजार कुकुर बिरालोलाई रेबिज भ्याक्सिन समेत दिइएको छ ।
यस्तै १ हजार कुकुरलाई डिस्टेम्पर भ्याक्सिन दिइँदा २ हजार ५०० सामुदायिक पशु व्यवस्थापन गरिएको महानगरले जनाएको छ । यस्तै २ हजार ४७९ मृत जनावर व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
-
तस्बिरमा हेर्नुहोस् काठमाडौँमा देखिएको विश्वकप क्रेज
-
पञ्चायतको उत्तरार्द्धमा भएको चर्चित घटना : रुपन्देहीको ‘सुरजपुर काण्ड’बारे प्रत्यक्षदर्शीको बकपत्र
-
भेनेजुएलाको भूकम्पमा एक लाखसम्म मारिएको अनुमान, के–के भइरहेको छ अहिले ?
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण