इरानी राष्ट्रपति पहिलो विदेश भ्रमणका क्रममा इराक पुगे
काठमाडौँ । इरानी राष्ट्रपति मसुद पेजेस्कियान जुलाईमा पदभार ग्रहण गरेपछि आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि बुधवार बगदाद पुगेका छन् । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र उनको प्रतिनिधिमण्डललाई बगदाद विमानस्थलमा स्वागत गरेका थिए ।
दुई नेताबिच क्षेत्रीय घटनाक्रम र गाजामा जारी अवस्थाका बारेमा छलफल हुने बताइएको छ । अल–सुदानी र पेजेस्कियानले आर्थिक र सुरक्षा सहयोग अभिवृद्धि गर्ने तरिकाहरू खोज्ने र विभिन्न क्षेत्रहरूमा धेरै समझदारी पत्रमा हस्ताक्षर गर्ने निरीक्षण गर्नेछन् । जसमा कर सहयोग, कृषि, प्राकृतिक स्रोत, सञ्चार, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, शिक्षा, पर्यटन र सांस्कृतिक आदानप्रदान समावेश छन् ।
यात्राको क्रममा पेजेस्कियानले राष्ट्रपति अब्दुल लतिफ रशीद र संसदका कार्यवाहक सभामुख मोहसेन अल–मंडालावीलगायत प्रमुख इराकी नेताहरूसँग भेट गर्नेछन् । पेजेस्कियानले बसरा, कर्बला र नजाफ प्रान्तका साथै उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एर्बिलको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा प्य्राङ्क भिडियो बनाउँदा पीडितको पनि मिलेमतो, तिनै जनालाई म्याद थप
-
पारिवारिक शोक र विश्वकपको मैदान : क्यानडाका नयाँ नायक स्टिफन युस्टाकियो
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
-
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
-
खुमल्टारमा रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण