विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला
शुक्रबार, २८ भदौ २०८१, १२ : ०९

काठमाडौँ । विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँ, झापा र सर्लाहीमा ३ जना मृत फेला परेका हुन् ।
सोही क्रममा काठमाडौँ महानगरपालिका–२५ असन उग्रतारा डेरा गरी बस्ने भारत विहार घर भएका ५० वर्षीय सञ्जय शर्मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । बिहीबार उनी मृत अवस्थामा फेला परेका हुन् ।
उता झापाको शिवसताक्षी नगरपालिका–८ शीतल चोक बस्ने ४१ वर्षीय रामप्रसाद सिटौला बिहीबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बस्ने ६० वर्षीया सुमित्रा साह सोही ठाउँस्थित सुकनाहा पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा