विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला
शुक्रबार, २८ भदौ २०८१, १२ : ०९
काठमाडौँ । विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौँ, झापा र सर्लाहीमा ३ जना मृत फेला परेका हुन् ।
सोही क्रममा काठमाडौँ महानगरपालिका–२५ असन उग्रतारा डेरा गरी बस्ने भारत विहार घर भएका ५० वर्षीय सञ्जय शर्मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । बिहीबार उनी मृत अवस्थामा फेला परेका हुन् ।
उता झापाको शिवसताक्षी नगरपालिका–८ शीतल चोक बस्ने ४१ वर्षीय रामप्रसाद सिटौला बिहीबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बस्ने ६० वर्षीया सुमित्रा साह सोही ठाउँस्थित सुकनाहा पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण