पर्सामा घाइते भएका युवकको मृत्यु भएपछि भन्सार जाँच चौकी क्षेत्र तनावग्रस्त
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको अलौं स्थानीयको प्रदर्शनले तनावग्रस्त बनेको छ । हिजो ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएपछि आज बिहानदेखि अलौं तनावग्रस्त भएको हो ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका वीरगन्ज–१७ अलौंका २२ वर्षीय टिनुकुमार साह तुराहाको मृत्यु भएको छ । उनको हिजो अबेर राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्याङ्कर चालकको लापरबाहीले मोटरसाइकल चालकको मृत्यु भएको भन्दै बिहानैदेखि एकीकृत भन्सार जाँच चौकी (आइसीपी) एरियामा स्थानीयले प्रदर्शन गरिरहेका छन् ।
प्रहरीकाअनुसार स्थानीयले बिहान ६ बजेदेखि ठाउँ ठाउँमा टायर बालेर प्रदर्शनमा उत्रेका छन् । दोषीलाई ट्याङ्कर चालकलाई कारबाहीको माग गर्दै अलौंका स्थानीय प्रदर्शनमा उत्रेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीकाअनुसार घाइतेको मृत्यु भएपछि आक्रोशित स्थानीयका कारण अलौंस्थित एकीकृत जाँचपोष्ट क्षेत्र तनावग्रस्त भएको छ ।
मृतक तुराहाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनकाअनुसार मृतक पक्षका आफन्त र सरोकारवालाबिच अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहेको छ । ‘त्यस छलफलमा जे निचोड आउँछ, त्यहीअनुसार सबै जना अगाडि बढ्नेछौँ,’ उनले भने ।
हिजो ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ मोटरसाइकललाई ठक्कर दिएको थियो । जसमा मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए । ट्याङ्कर र त्यसका चालकलाई भने प्रहरीले हिजैदेखि आफ्नो नियन्त्रणमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण