विमानस्थलबाट हराएका ७६ वर्षीय भुसाल सातदोबाटोमा भेटिए
आइतबार, ३० भदौ २०८१, १४ : ०८

काठमाडौँ । अमेरिकाबाट काठमाडौँ आएका ७६ वर्षीय दण्डपाणि भुसाल गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका थिए । गएराति १० बजे विमानस्थलबाट हराएका भुसाल फेला परेका छन् । उनी सातदोबाटोमा भेटिएका हुन् ।
पर्वतको पैयाँ गाउँपालिका वडा नम्बर–१ घर भएका भुसाल सातदोबाटोमा भेटिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँ सातदोबाटोमा फेला पर्नुभएको छ ।’
विमानस्थलमा झोला भुलेपछि खोज्न पुनः भित्र गएका उनी परिवारसँग सम्पर्कविहीन भएका हुन् । विमानस्थलमा अवतरण गरेपछि कुरिरहेका आफन्तले उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन