विमानस्थलबाट हराएका ७६ वर्षीय भुसाल सातदोबाटोमा भेटिए
आइतबार, ३० भदौ २०८१, १४ : ०८
काठमाडौँ । अमेरिकाबाट काठमाडौँ आएका ७६ वर्षीय दण्डपाणि भुसाल गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका थिए । गएराति १० बजे विमानस्थलबाट हराएका भुसाल फेला परेका छन् । उनी सातदोबाटोमा भेटिएका हुन् ।
पर्वतको पैयाँ गाउँपालिका वडा नम्बर–१ घर भएका भुसाल सातदोबाटोमा भेटिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँ सातदोबाटोमा फेला पर्नुभएको छ ।’
विमानस्थलमा झोला भुलेपछि खोज्न पुनः भित्र गएका उनी परिवारसँग सम्पर्कविहीन भएका हुन् । विमानस्थलमा अवतरण गरेपछि कुरिरहेका आफन्तले उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
-
काठमाडौँमा दोस्रो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी
-
हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण