फ्रान्स–इङ्ल्यान्डबिचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु
आइतबार, ३० भदौ २०८१, १७ : १०
पेरिस । समुन्द्री मार्गबाट फ्रान्सबाट इङ्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ । फ्रान्सेली प्रहरीले यसको जानकारी दिएको हो । प्राप्त जानकारीका अनुसार स्थानीय समयअनुसार राति १ बजे बुलायन–सू मेयरको उत्तरमा डुङ्गा पानीमा फसेपछि उद्धारकर्मीलाई खबर गरिएको थियो । रबर यस डुङ्गामा करिब ५० जना सवार थिए । किनारबाट हिँडेको केही समयमै डुङ्गा डुब्न थालेको थियो ।
दुई साताअघि पनि यही क्षेत्रमा आप्रवासीले भरिएको डुङ्गा डुबेर ६ बालबालिका र एक गर्भवती महिलासहित १२ जनाको मृत्यु भएको थियो । बेलायती सरकारका प्रवक्ताले घटनाको पुष्टि गर्दै फ्रान्सेली अधिकारीहरूले यस विषयमा अनुसन्धानको नेतृत्व गरिरहेको बताएका छन् । समुद्री मार्गमा मानिसहरूले ज्यान गुमाएको खबर सुन्दा दुःख लागेको बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण