संविधान दिवसमा दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ हुने
आइतबार, ३० भदौ २०८१, १८ : ५६

काठमाडौं । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत् नागरिक आयोजक समितिले संविधान दिवस असोज ३ गते ‘नेशनल डे कन्सर्ट’ मनाउने जनाएको हो ।
उक्त कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकको विश्वास छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवा पुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'