संविधान दिवसमा दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ हुने
आइतबार, ३० भदौ २०८१, १८ : ५६
काठमाडौं । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत् नागरिक आयोजक समितिले संविधान दिवस असोज ३ गते ‘नेशनल डे कन्सर्ट’ मनाउने जनाएको हो ।
उक्त कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकको विश्वास छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवा पुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण