राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीन जनाको उम्मेदवारी
काठमाडौँ ।राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ ।
सांसद डा बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ । राईको समर्थकमा सांसद सुरेशकुमार आलेमगर रहेका छन् । विधायन व्यवस्थापन समितिकै सभापति पदमा सांसद तुलसाकुमारी दाहालको पनि उम्मेदवारी दर्ता भएको छ । दाहालको समर्थक र प्रस्तावकमा क्रमशः सांसद आनन्दप्रसाद ढुङ्गाना र सांसद भगवती न्यौपाने छिन् । समितिको सभापतिमा यसअघि पनि राई नै थिइन् ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्माको मात्र उम्मेदवारी दर्ता भएको सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए । शर्माको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरिमा)र समर्थकमा सांसद नरबहादुर विष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण