लुम्बिनी प्रदेशमा कांग्रेस सचेतक गिरीद्वारा राजीनामा
सोमबार, ३१ भदौ २०८१, १९ : १८
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।
संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन् ।
राजीनामा पत्रमा गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेकी छन् ।
गिरीलाई संसदीय दलले २०७९ साल चैत २९ गते सचेतकको जिम्मेवारी दिएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोडर्नविरुद्ध अल्जेरियाले फर्कायो गोल, खेल रोमाञ्चक मोडमा
-
चियाका पारखी प्रधानमन्त्रीलाई खुला पत्र !
-
म्यानमारमा सेनाको बर्बरता : ७०० भन्दा बढी सर्वसाधारणको हत्या
-
पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-
बीटीएस स्टार जङकुकको घरमा १३३ पटक ढोकाको घण्टी बजाउने महिलालाई देश निकाला गरिँदै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण