डब्बुको ‘तिमीसँग बोल्न मन लाग्यो’ मा शर्मिला र यसराजको अभिनय

काठमाडौँ । गीतकार डब्बु क्षत्रीको नयाँ आधुनिक गीत ‘तिमीसँग बोल्न मन लाग्यो..’ सार्वजनिक गरिएको छ । क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरू’ मा समेटिएको गीतमा गायिका केन्जुमा सुब्बाको स्वर छ ।
विन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा जुगल डङ्गोलले सङ्गीत दिएका छन् । गीतमा सङ्गीत संयोजन पनि जुगलकै छ । गीतको भिडियो पनि गीतकार क्षत्रीले निर्देशन गरेका हुन् । भिडियोमा ब्युटीसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचको अभिनय छ ।
गीतको भिडियोलाई सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायाङ्कन गरिएको हो । ४२ डिग्रीको तापक्रममा यो गीतको भिडियो छायाङ्कन गरिए पनि कलाकार र प्राविधिकले राम्रो काम गरेको पनि निर्देशक क्षत्रीले बताए ।
भिडियोमा कृष्ण रसालको कोरियोग्राफी, प्रवीण सुवेदीको छायाङ्कन, वीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)