डब्बुको ‘तिमीसँग बोल्न मन लाग्यो’ मा शर्मिला र यसराजको अभिनय
काठमाडौँ । गीतकार डब्बु क्षत्रीको नयाँ आधुनिक गीत ‘तिमीसँग बोल्न मन लाग्यो..’ सार्वजनिक गरिएको छ । क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरू’ मा समेटिएको गीतमा गायिका केन्जुमा सुब्बाको स्वर छ ।
विन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा जुगल डङ्गोलले सङ्गीत दिएका छन् । गीतमा सङ्गीत संयोजन पनि जुगलकै छ । गीतको भिडियो पनि गीतकार क्षत्रीले निर्देशन गरेका हुन् । भिडियोमा ब्युटीसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचको अभिनय छ ।
गीतको भिडियोलाई सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायाङ्कन गरिएको हो । ४२ डिग्रीको तापक्रममा यो गीतको भिडियो छायाङ्कन गरिए पनि कलाकार र प्राविधिकले राम्रो काम गरेको पनि निर्देशक क्षत्रीले बताए ।
भिडियोमा कृष्ण रसालको कोरियोग्राफी, प्रवीण सुवेदीको छायाङ्कन, वीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण