राजपुरमा फैलियो झाडा पखाला, केहीमा हैजाको संकेत
रौतहट । रौतहटको राजपुर नगरपालिकामा झाडा पखाला फैलिएको छ । यस्तै केही जनामा हैजाको संकेत समेत देखिएको प्राथमिक स्वास्थ्य केन्द्र राजपुरले जनाएको छ ।
राजपुरको ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको र केहीमा हैजाको जस्तो संकेत देखा परेको स्वास्थ्य केन्द्रका संयोजक खुर्शैद आलमले जानकारी दिए । बिहीबार र शुक्रबार हालसम्म गरी २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा आएको उनले बताए ।
उनीहरूमध्ये ७ जना बिरामीको दिशा टेष्टका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो । तीमध्ये ६ जनामा हैजाको कीटाणु फेला परेको स्वास्थ्य संयोजक आलमले जानकारी दिए । तर प्रादेशिक अस्पताल गौरमा गराएको आरडीटीबाट गराएको टेष्ट भरपर्दा नभएकाले थप टेष्टका लागि जनकपुरधाम पठाउने तयारी भइरहेको उनले बताए ।
२२ जना बिरामीमध्ये स्वास्थ्य केन्द्रमा १० जना महिला, ७ जना बालबालिका र एक जना पुरुष गरी १८ जना भर्ना गरेर उपचार भइरहेको उनले बताए । उनका अनुसार ४ जना उपचारपछि घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण