श्रीलंकाको निर्वाचन : कसैले पाएनन् ५० प्रतिशतभन्दा बढी मत, दोस्रो चरणको मतगणना सुरु
आइतबार, ०६ असोज २०८१, १५ : ५०
कोलम्बो । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । इतिहासमा पहिलो पटक श्रीलंकामा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतगणना भइरहेको छ ।
अहिलेसम्म कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छैनन् । श्रीलंकाको निर्वाचन आयोगले अब मतदाताहरूको दोस्रो र तेस्रो छनोटमा मत गणना गर्नेछ । निर्वाचनमा जनतालाई आफ्नो रुचि अनुसार तीन जना उम्मेदवार छनोट गर्न भनिएको थियो ।
निर्वाचन आयोगले पत्रकार सम्मेलनमा अनुरा कुमार दिसानायके र सजिथ प्रेमदास बाहेक अन्य सबै उम्मेदवार चुनावी मैदानबाट बाहिरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण