चीनमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

काठमाडौँ । कराँते खेलाडी एरिका गुरूङले २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । चीनको हाङ्झाउ आइतबार सम्पन्न महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा उनी भियतनामकी खेलाडीसँग पराजित भइन् ।
भियतनामकी खेलाडी एनगोआन नुएनले एरिकालाई ६–० ले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । उक्त नतिजासँगै एरिकाले नेपाली खेलकुदलाई एसियाली स्तरको कराँते प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाउने गतिलो अवसर गुमाइन् ।
एरिकाले प्राप्त गरेको रजत पदक पनि देशका लागि ऐतिहासिक हो । एसियाली कराँते महासंघले आयोजना गर्ने सिनियर एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो नै पहिलो पदक हो । यसअघि कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पदक जिन सकेको थिएन ।
गत वर्ष चीनमै आयोजना भएको भएको १९औँ एसियाली खेलकुदमा पनि एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदको कराँतेमा रजत पदक जित्ने एरिकाले पहिलो नेपाली खेलाडी हुन् ।
यसका अतिरिक्त एसियाली खेलकुदको ब्यक्तिगत स्पर्धामा रजत पदन जित्ने उनी दोस्रो नेपाली खेलाडी हुन् । एसियाली खेलकुदमा नेपालका लागि पहिलो रजत पदक जित्ने नेपाली खेलाडी भने तेक्वान्दोकी सविता राजभण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आफ्नो भान्जा बैंकको सीईओ भएको बेलामा माधव नेपालले पतञ्जलि योगपीठ जग्गामा चलखेल गर्नुभयो’
-
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन
-
कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन, संयोजकमा हरिकृष्ण गजुरेल
-
मोहन वैद्य एक सातादेखि अस्पतालमा
-
चेकिङको क्रममा महिलामाथि हातपात, दुई प्रहरीमाथि छानबिन सुरु
-
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित