चीनमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक
काठमाडौँ । कराँते खेलाडी एरिका गुरूङले २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । चीनको हाङ्झाउ आइतबार सम्पन्न महिला ६८ केजीभन्दा माथिको तौल समूहको फाइनलमा उनी भियतनामकी खेलाडीसँग पराजित भइन् ।
भियतनामकी खेलाडी एनगोआन नुएनले एरिकालाई ६–० ले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । उक्त नतिजासँगै एरिकाले नेपाली खेलकुदलाई एसियाली स्तरको कराँते प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाउने गतिलो अवसर गुमाइन् ।
एरिकाले प्राप्त गरेको रजत पदक पनि देशका लागि ऐतिहासिक हो । एसियाली कराँते महासंघले आयोजना गर्ने सिनियर एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो नै पहिलो पदक हो । यसअघि कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पदक जिन सकेको थिएन ।
गत वर्ष चीनमै आयोजना भएको भएको १९औँ एसियाली खेलकुदमा पनि एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदको कराँतेमा रजत पदक जित्ने एरिकाले पहिलो नेपाली खेलाडी हुन् ।
यसका अतिरिक्त एसियाली खेलकुदको ब्यक्तिगत स्पर्धामा रजत पदन जित्ने उनी दोस्रो नेपाली खेलाडी हुन् । एसियाली खेलकुदमा नेपालका लागि पहिलो रजत पदक जित्ने नेपाली खेलाडी भने तेक्वान्दोकी सविता राजभण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
-
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केद्वारा रानीबन क्षेत्रमा सरसफाइ
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण