रास्वपा पार्टी कार्यालयमा रविको पक्षमा नाराबाजी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा पार्टीका नेता तथा कार्यकर्ताले सभापति रवि लामिछानेको पक्षमा नाराबाजी लगाइरहेका छन् ।
रास्वपाका कार्यकर्ताहरूले नेपाली कांग्रेस र नेकपा एमालेको आलोचना गरिरहेका हुन् ।
रास्वपाको पार्टी कार्यालयमा तनावको अवस्था समेत सिर्जना भएको छ । पार्टी कार्यालयमा भिड जम्मा भएपछि प्रहरी वृत्त बालाजु र वृत्त सोह्रखुट्टेका डीएसपी नेतृत्वको टोली वनस्थलीमा खटाइएको छ ।
रास्वपाका एक नेताले भने, ‘उपलब्ध नेताहरू यहीँ पार्टी कार्यालयमा छौँ । सभापतिज्यू पनि यहीँ हुनुहुन्छ । हामी यहाँ बसेर पर्खेर हेरिरहेका छौँ ।’
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका हुन् ।
छविलालको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण