५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
मङ्गलबार, १६ असार २०८३, २१ : २७
काठमाडौँ । ऊर्जा जलस्राेत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमा ५० हजार वटा नयाँ विद्युत् मिटर उपलब्ध भई सम्बन्धित सातै प्रदेशमा पठाइसकिएको जनाएको छ।
मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार नयाँ विद्युत् मिटर आवश्यक पर्ने सबै सेवाग्राहीलाई आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न आग्रह गरिएको छ।
सचिवालयले मिटर वितरण प्रक्रियालाई व्यवस्थित र सहज बनाउन प्रदेशस्तरमा मिटर पठाइसकिएको जानकारी दिँदै आवश्यक सेवाग्राहीले तोकिएको प्रक्रिया पूरा गरी नयाँ मिटरका लागि आवेदन दिनुपर्ने जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको विश्वाससमेत व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण