पार्टी कार्यालयमा भेला भए सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् । सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ । पूर्वडीआइजी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो ।
सोही कारण हिजो साँझबाटै सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर बसिरहेका छन् । यस्तै कार्यकर्ताहरू पनि पार्टी कार्यालय पुगेका छन् । ‘यहाँ उपलब्ध सबै नेताहरू हुनुहुन्छ । कार्यकर्ताहरू पनि आउने क्रम जारी छ‚’ एक नेताले भने ।
सभापति लामिछानेले हिजो साँझै तयार भएर बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै शनिबार चीन पुगेका रास्वपा सांसद तथा नेताहरूलाई पनि देश फिर्ता बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण