निर्माण व्यवसायीहरूले गरे लुम्बिनी विकास क्षेत्रको प्रवेशद्वार बन्द
बुटवल । १० महिनादेखि भुक्तानी नपाएपछि निर्माण व्यवसायीहरूले सोमबार लुम्बिनी विकास क्षेत्रको प्रवेशद्वार बन्द गरेका छन् । मायादेवी मन्दिर प्रवेश गर्ने ठाउँसहित अरू संरचना अवलोकनको लागि जाने गेटहरूमा अवरोध गरिएको हो ।
व्यवसायीहरूले निर्माण सामग्री तथा ट्याक्टर लगेर गेटमा अवरोध गरेका छन् । विकास क्षेत्र प्रवेश गर्ने मुख्य गेट ४ नम्बर गेटसहित ३, ८ र ९ नम्बरको साइड गेट बन्द गरेर प्रदर्शन भइरहेको छ । व्यवसायीहरूले भुक्तानी प्रक्रिया छिटो अघि बढाउन दबाब दिन सोमबार लुम्बिनीको गेट अवरोध गरेका हुन् ।
मंगलबारसम्म भुक्तानी नभएमा कोषको कार्यालयमै तालाबन्दी गर्ने व्यवसायीहरूले चेतावनी दिएका छन् । यसअघि उनीहरूले मुख्यमन्त्री कार्यालयसहित विभिन्न सरकारी निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी नमिलेसम्म काम रोक्ने निर्णय सार्वजनिक गरेका थिए । यथाशीघ्र भुक्तानीको माग गर्दै निर्माण व्यवसायीहरूले शुक्रबारदेखि सम्पूर्ण निर्माण कार्य रोकिसकेका छन् ।
लुम्बिनी विकास कोष अन्तर्गतका परियोजनाहरूलाई राष्ट्रिय गौरवका रूपमा चिनाइएको भएपनि भुक्तानी प्रक्रियामा भएको ढिलाइले परियोजनाहरू संकटमा छन् । यस राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतका विभिन्न परियोजनामा लुम्बिनी–एनके–खड्का कृष्ण जेभी, लामा–एपेक्स–कमलजित जेभी, रमन–गजुरमुखी–रामजानकी जेभी र खानी–अर्घाखाँची–बबुल जेभी कार्यरत छन् ।
व्यवसायीहरूले भुक्तानी प्रक्रिया छिटो अघि बढाउन र आन्तरिक विवादहरू समाधान गर्न माग गरेका छन् । यदि कोषले समयमा भुक्तानी नगरेमा अहिले रोकको काम र बन्द गरेको कार्यालय नखोल्ने उनीहरुले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण