कर्णाली प्रदेशका डीआईजी अर्जुन चन्द हेडक्वार्टर फिर्ता
कर्णालीमा जनक भट्टराई
सोमबार, ०७ असोज २०८१, १९ : ०४
काठमाडौँ । प्रदेश प्रहरी कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनलाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
गृहमन्त्री रमेश लेखकले कर्णालीमा डीआईजी जनक भट्टराईलाई पठाउने निर्णय गरेका छन् । भट्टराई प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
डीआईजी चन्दले मादक पदार्थ सेवन गरेर गैरजिम्मेवार क्रियाकलाप गरेको र संगठनको बदनाम गरेको हुनाले उनलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण