मन्त्री दाहाल र सचिव शर्माबिच कार्यसम्पादन सम्झौता
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयका सचिव केशवप्रसाद शर्मासँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् । सोमबार मन्त्रालयमा मन्त्री र सचिवबिच चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको हो ।
यसअघि मन्त्री दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्पादन सम्झौता गरेका थिए।
मन्त्री दाहाल र सचिव शर्माबिच सम्झौता भएसँगै सचिव र महाशाखा प्रमुख एवं विभागीय प्रमुखबिच समेत सम्झौता भएको छ ।
प्रशासन महाशाखा प्रमुख, सहसचिव चन्द्रकला पौडेल, पूर्वाधार निर्माण तथा यातायात महाशाखा, प्रमुख सहसचिव कृष्णराज पन्थ, योजना, अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख सहसचिव सुशिलबाबु ढकाल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख भिमार्जुन अधिकारी, सडक विभाग महानिर्देशक रामहरी पोखरेल, यातायात व्यवस्थापन विभाग महानिर्देशक राजीव पोखरेल, रेल विभाग महानिर्देशक अजयकुमार मुल र नेपाल पानी जहाज कार्यालयका रजिष्ट्रार प्रेमकुमार सिंह तथा सचिव शर्माबिच कार्य सम्पादन सम्झौता भएको हो ।
नतिजामूखी हुन निर्देशन
कार्य सम्पादन सम्झौतापछि मन्त्री दाहालले नतिजामूखी भएर कार्य सम्पादन गर्न निर्देशन दिए । ‘म स्टन्टमा विश्वास गर्दिन, नजितामा विश्वास गर्छु’, कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री दाहालले भने, ‘तपाईँहरूले पनि सोही ढंगबाट नतिजा देखिन गरी कार्यसम्पादन गर्नु हुने छ भन्ने विश्वास छ ।’
तत्काल गर्नु पर्ने र नागरिकलाई राहत महसुस हुने कामहरूलाई प्राथमिकता दिन भन्दै उनले अहिले चाडपर्वको समय सुरु भएकाले सडकको सहज व्यवस्थापनमा ध्यान दिन निर्देश दिए । यस्तै सवारी चालक अनुमतिपत्र वितरणमा देखिएको समस्या समाधान गर्न, पूर्वाधार निर्माणमा देखिको सुस्तताको अन्त्य गर्न उनले कर्मचारीहरूलाई निर्देशन दिए । नागरिकलाई सहज हुने गरी सेवा दिन तथा पूर्वाधार निर्माणलाई गति दिन केहि चुनौतीहरू भएपनि ति चुनौतीको सामना गर्न तयार हुनुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण