बैंंगलुरुमा नेपाली युवतीको बीभत्स हत्या, टुक्रा टुक्रा पारेर हप्तौँसम्म लास फ्रिजमा
नयाँ दिल्ली । भारतको बैंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या भएको छ । त्यहाँको व्यालीकवल क्षेत्रको ६ क्रस लाइन रोडमा रहेको तीन तले घरको १६५ लिटरको फ्रिजमा थर नखुलेकी २९ वर्षकी महालक्ष्मीको शवका टुक्रा कयौँ दिनसम्म राखिएका थिए ।
प्रहरीले शवको ३० देखि ४० टुक्रा फेला पारेका थिए । केही टुक्रा फ्रिज बाहिर कोठाभरि छरिएका थिए । छरिएका शवका टुक्रा संगेल्न फरेन्सिक टोलीले सरकारी अस्पतालबाट मूर्दाघरका कर्मचारीलाई नै बोलाउनु पर्यो ।
महालक्ष्मी सो घरमा पाँच महिनादेखि बस्दै आएकी थिइन् । उनी बस्ने तलको ढोका सेप्टेम्बर २१ मा १९ दिनपछि खुलेको थियो । उनी सो घरमा एक्लै बस्थिन । उनी हरेक दिन बिहान नौ बजे घरबाट निस्किएर राति साढे १० बजेपछि मात्रै फर्किन्थिन् । त्यसैले छिमेकीलाई पनि उनको बारेमा खासै धेरै जानकारी नभएको बताइएको छ । २ सेप्टेम्बरपछि महालक्ष्मीको फोन एक्कासि बन्द भएपछि बैंगलुरुमै बस्ने उनको आमा र बहिनी चिन्तित भए ।
- दुर्गन्ध आउन थालेपछि छिमेकीले गरेका थिए उजुरी
महालक्ष्मीको अपार्टमेन्टभित्रबाट नराम्रो दुर्गन्ध आउन थालेपछि २० सेप्टेम्बरमा सो भवनमा बस्ने केहीले भवन मालिकलाई गुनासो गरेका थिए । भाडामा बस्ने बेलामा महालक्ष्मीले आकस्मिक सम्पर्क भनेर बैंगलुरुमै बस्ने आफ्नी आमा र बहिनीको ठेगाना दिएकी थिइन् ।
सोही नम्बर खोजेर घरमालिकले उनको आमालाई फोन गरे । फोन आएपछि आमा पनि आत्तिएर आइन् । उनको साथमा फ्ल्याटको अर्को साँचो थियो ।
- भुईँभरि छरिएका थिए शरीरका टुक्रा र रगत
घर मालिक र छिमेकीको रोहबरमा अपार्टमेन्टको ढोका खोलियो । ढोका खुलेपछि भित्रबाट यति दुर्गन्ध आइरहेको थियो कि कोही भित्र जानै सकेनन् । केही बेर पछि मानिसहरू भित्र छिरे । भुँईभर रगतको टाटो थियो ।
शवका स–साना टुक्रा थिए । कोठाबाट फ्रिजसम्म रगतको धर्को सुकेको देखिन्थ्यो ।
यो देखेर भवन मालिकले तत्कालै प्रहरीलाई फोन गरिदिए । प्रहरी आएर फ्रिजमा हेर्दा महालक्ष्मीको खुट्टा र टाउको पाए । फ्रिजमा शरीरका अन्य कयौँ स–साना टुक्रा पनि थिए ।
फ्ल्याटमा खनतलासी गर्ने क्रममा मोबाइल फोन भेटिएको थियो । मोबाइलमा अन्तिम कल सेप्टेम्बर २ मा गरिएको थियो । यसको आधारमा प्रहरीले महिलाको मृत्यु सेप्टेम्बर २ वा ३ गते भएको हुन सक्ने अनुमान गरेको छ ।
महालक्ष्मीको हत्या किन गरियो ? मृत्युको कारण के थियो ? हत्यारा को हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रहरीले यस मामिलामा छानबिन शुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण