पर्सामा एकैदिन १० जना फरार प्रतिवादी पक्राउ
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एकै दिन दशजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट ‘सर्च’ अभियानअन्तर्गत प्रहरीले एकै दिन दश जनालाई पक्राउ गरेको हो ।
पर्सा जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीले चलाएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सबै प्रतिवादीलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार अदालतबाट सजायको फैसला भइसकेपछि फरार बनेका प्रतिवादीहरूलाई पक्राउ गर्ने प्रहरीले अभियान चलाएको छ । त्यही अभियानअन्तर्गत पर्सा प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न सफल भएको उनले बताए ।
उनका अनुसार लुकीछिपी बस्दै गरेका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा वीरगन्ज–८ निवासी सन्ध्या देवीकानु, पर्सा नगरदाहा–८ निवासी वैद्यनाथ साह तेली, प्रमोद साह तेली, नगिना देवी साह, अमर प्रसाद, निचुटा–५ बस्ने पारस गिरी, पकाहामैनपुर–२ का खुतिनि बादर्जी, पोखरीया–१२ का रामप्रसाद महतो धानुक र मायादेवी लगायत रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ गरेकाहरूमध्ये ७ जना कुटपिट मुद्दाका, २ जना जालसाजी र एक जना किर्ते मुद्दाका आरोपित रहेका जनाइएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर मनसुन फैलिँदै : धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण