क्रिकेट संघ र मेटलाइफ नेपालबिच सम्झौता
बुधबार, ०९ असोज २०८१, १४ : २९
काठमाडौँ । नेपाली क्रिकेटको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) र बिमा कम्पनी मेटलाइफ नेपालबिच सहकार्य हुने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा बुधवार क्यान र मेटलाइफ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
ललितपुरको पुलचोकस्थित मेटलाइफ नेपालको मुख्यालयमा एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको क्यानले जनाएको छ । सम्झौता अनुसार, मेटलाइफ नेपालले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगै क्यानका सदस्यलाई जीवन बिमा र स्वास्थ्य बिमाको सुविधा उपलब्ध गराउने छ ।
सम्झौता अनुसार, विमित व्यक्तिको दुर्घटनामा मृत्यु भएका १० लाख रुपैयाँ, दुर्घटनामा घाइते भएमा उपचारका लागि दुई लाख रुपैयाँ र बिरामी भई अस्पतालमा उपचार गराउनु पर्ने भएमा एक लाख रुपैयाँसम्मको जोखिम मेटलाइफ नेपालले वहन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण