क्रिकेट संघ र मेटलाइफ नेपालबिच सम्झौता
बुधबार, ०९ असोज २०८१, १४ : २९

काठमाडौँ । नेपाली क्रिकेटको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) र बिमा कम्पनी मेटलाइफ नेपालबिच सहकार्य हुने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा बुधवार क्यान र मेटलाइफ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
ललितपुरको पुलचोकस्थित मेटलाइफ नेपालको मुख्यालयमा एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको क्यानले जनाएको छ । सम्झौता अनुसार, मेटलाइफ नेपालले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगै क्यानका सदस्यलाई जीवन बिमा र स्वास्थ्य बिमाको सुविधा उपलब्ध गराउने छ ।
सम्झौता अनुसार, विमित व्यक्तिको दुर्घटनामा मृत्यु भएका १० लाख रुपैयाँ, दुर्घटनामा घाइते भएमा उपचारका लागि दुई लाख रुपैयाँ र बिरामी भई अस्पतालमा उपचार गराउनु पर्ने भएमा एक लाख रुपैयाँसम्मको जोखिम मेटलाइफ नेपालले वहन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घलेको महत्त्वकांक्षा र आरजुको बौद्धिक दरिद्रता
-
नीति तथा कार्यक्रममा ‘क’ देखि ‘ट’ सम्म हटाउन सांसद शर्माको संशोधन प्रस्ताव
-
सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता
-
सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण
-
दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु : प्रचण्ड
-
झापामा ठुलो परिमाणमा ब्राउन सुगर बरामद