प्रतिकुल मौसम
चीनको ग्वाङझाउबाट काठमाडौँ आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’
शुक्रबार, ११ असोज २०८१, १३ : ३२
काठमाडौँ । चीनको ग्वाङझाउबाट काठमाडौँ आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’ भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुकूल नहुँदा चाइना साउदर्न एयरलाइन्सको विमान सर्लाहीको नजिकै पर्ने भारतीय क्षेत्रमा ‘होल्ड’ भएको हो ।
अर्कोतिर बैंककबाट काठमाडौँ आउँदै गरेको थाइ एयरवेजको विमान पनि बारा जिल्लातिर ‘होल्ड’ भएको छ । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारी भए पनि ‘मिस एप्रोच’ भएर फर्किएको हो ।
यस्तै, भारतको नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि बाराकै आकाशमा लामो समयदेखि ‘होल्ड’ भएको छ ।
अपडेट : होल्ड भएका सबै जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
-
काठमाडौँमा दोस्रो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी
-
हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण