हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान इजरायलद्वारा अस्वीकार
तेल अवीव । इजरायलले हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्वीकार गरेको अल जजिराले जनाएको छ। इजरायल र लेबनानबीच बढ्दो तनावको समयमा संयुक्त राज्य अमेरिकाले इजरायल–लेबनान सीमामा युद्धको वृद्धि रोक्न साथै लेबनान र गाजामा कूटनीतिलाई मौका दिन २१ दिनको युद्धविरामको आह्वान गरेको हो ।
यस योजनाका लागि अमेरिकी रक्षा सचिव लोयड जे अस्टिन, बेलायती रक्षा सचिव जोन हेली र अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्स आफ्नो समर्थन व्यक्त गर्नुभएको पेन्टागनले एक प्रेस विज्ञप्तीमा जनाएको छ । 'लेबनान र उत्तरी इजरायलको अवस्था निकै चिन्ताजनक छ। इरान समर्थित आतङ्कवादी समूह लेबनानी हेजबुल्लाहले सन् २०२३ अक्टोबरमा हमासले गरेको आतंकवादी आक्रमणको भोलिपल्ट इजरायलमा रकेट प्रहार गर्न थालेको हो , अमेरिकी रक्षा सचिव लोयड जे अस्टिनले भने ।
तत्काल युद्धविरामको आह्वान गर्दै अस्टिनले भने, 'तत्काल २१ दिनको युद्धविरामले इजरायली र लेबनानी नागरिकलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने कूटनीति प्रयासका लागि समय प्रदान गर्नेछ । यस समयलाई गाजामा युद्धविराम गर्न र सबै बन्धकलाई घर ल्याउने सम्झौता र यसको कार्यान्वयन गर्न पनि प्रयोग गर्न सकिन्छ ।'
यसैबीच, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायलको सैन्य कारबाहीलाई समर्थन गरेकोमा संयुक्त राज्य अमेरिकाको कडा निन्दा गर्दै इजरायललाई हतियार आपूर्ति रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको अल जजिराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण