रौतहटको बागमती र बकैया नदीमा बाढी, ६ पालिका रेड जोनमा
रौतहट । बिहीबारदेखि परेको अविरल वर्षाको कारण रौतहटको पूर्विभेगस्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठुलो बाढी आएको छ। लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान सुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन्।
त्यसैगरी जिल्ला स्थित चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी खोलामा पनि पानीको स्तर बढ्दै गएको छ। कुलेखानी ड्याम आज बिहान खोलिएपछि बागमती नदीमा अझै ठुलो बाढी आउने भएकाले नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँ ठाउँमा माइकिङ गर्दै छ।
त्यस्तै बाढी र डुबान कटानको जोखिम बाट जोगाउन जिल्लाको चन्द्रपुर, परोहा नगरपालिका लगायत कैयौँ स्थानमा ठुलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ रेग्मीले बताएका छन्।
_3JVCJuxAG8.jpg)
रेग्मीले अविरल वर्षाका र बाढीको कारण जिल्लाको ६ वटा पालिका रेड जोनमा रहेको बताएका छन्। जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिका ,दुर्गाभगवति गाउँपालिका, बौधिमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिका रेड जोनमा रहेको उनले जानकारी दिए ।
भोलिसम्म वर्षा हुने भएकाले बागमती, लालबकैयालगायत नदी खोलामा ठुलो बाढी आउने जोखिम रहेको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ।
यता इलाका प्रहरी कार्यालय कटहरिया पनि जलमग्न भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर मनसुन फैलिँदै : धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण